हिरामोति बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिरामोति बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सितापाईलामा मुख्य कार्यलय रहेको हिरामोति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष पुर्ण प्रसाद गौतमले संस्थाको आर्थिक बर्ष ०७८/०७९ को बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन् ।

उनले सहकारीमा संमलग्न सम्पुर्ण व्यक्ति प्रति धन्यबाद दिदै एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तलाई आत्मसाथ गदै अगाडी बढेको बताउदै हिरामोति बचत तथा ऋण सहकारीको शेयर पूजी आव २०७७/०७८ सम्म कुल २ करोड ९७ लाख ५५हजार ९०० रहेकोमा गत आर्थिक वर्षमा ३ करोड ४७ लाख ७० हजार ८००रुपैंया पुगेको बताएका छन् ।

आव २०७७/०७८मा निक्षेप संकलन ४ करोड ७७ लाख ५५ हजार ९१८ रुपैंया गरेकामा यस बर्ष ४ करोड ९२ लाख ३३ हजार ३ ६१ रुपैंया पुगेको बताए ।

त्यसैगरी कर्जा लगानी तर्फ आव २०७७/०७८ मा ६ करोड १९ लाख ८८ हजार ५९० रुपैंया प्रवाह गरेकोमा भने यो वर्ष ६ करोड ८२ लाख ५० हजार ६६५ प्रवाह गरेको छ। त्यसैगरी, संस्थाको कर्जा असुली पनि यो वर्ष बढेको छ । आर्थिक बर्ष २०७७/०७८ मा कर्जा असुली ४ करोड ६१ लाख ८५ हजार २८८ रहेकोमा यो वर्ष ७ करोड ९५ लाख ५४ हजार ८७३ रहेको छ ।

जगेडा कोषमा भने संस्थाले नियम अनुसार उचित किसिमको जगेडा कोषको स्थापना गरेको छ। रेमिट्यान्स सञ्चालनमा आएपछि संस्थाका गतिविधिमा प्रभावकारी बृद्धि भएको साथै सदस्यहरुलाई रेमिटेन्स टेलिफोन खानेपानी बिजुलीको बिल तिर्ने व्यबस्था टिकट सुविधा प्रदान भएको छ । अधिकांश सदस्यहरुले टेलिफोन खानेपानी बिजुलीका बिल संस्थामार्फत तिर्दै आएकोमा त्यसलाई अझै परिस्कृत गर्दै लगिने पनि जनाएको छ।

संस्था यो समयसम्म आइपुग्दा विभिन्न गोष्ठी तालिम अन्तरक्रिया कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको छ । त्यसैगरी, संस्थाका सचिब बालचन्द्र शर्माले विगतमा विभिन्न आरोह अबरोह पार गर्दै आजको दिनसम्म आईपुग्दा ३५० शेयर सदस्य रहेको बताए । त्यस्तै, उनले करिब साढे ३ करोड शेयर पुँजी जम्मा भएको संस्थामा ७ करोड निक्षेप संकलन गर्न सफल भएको बताएका छन् ।

साथै, करिब ६ करोड लोन प्रवाह गर्न सफल रहेको सहकारीले एक छुट्टै स्थान ओगटेको बताए । उनले कोरोना माहामारीको संकटमा पनि डटेर अगाडी बढेको सहकारीले लाभान्स वितरण गर्दै आएको र एक मजबुत संस्था स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

कम्पनीले अगाडीको बर्षहरुमा दिदै आएको मुनाफालाई नघटाई यसपालि पनि निरन्तरता दिएको बताउदै उनले अघिल्लो बर्ष १५ प्रतिशत मुनाफा दिएको सहकारीले यस बर्ष पनि १५ प्रतिशत नै दिने निर्णय गरेको बताएका छन् ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले शेयर सदस्य मध्येका छोरा/छोरीले एसएलसीमा उत्कृष्ट अंक ल्याउने दिक्षान्त पराजुली, शिक्षित आचार्य, टिकादत्त पौडेल र शुसान्त पौडेललाई सम्मान गरेको छ ।

त्यसैगरी संस्थाले असल कारोबारीको रुपमा काशिराम न्यौपानेलाई सम्मान गरेको छ । साथै, संस्थाको स्थापना काल देखिनै सहयोग, लिडरसीपको रुपमा आजको दिनसम्म ल्याउने संस्थाका सस्थापक बालचन्द्र शर्मालाई पनि सम्मान गरेको छ ।

साथै,संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाअध्यक्ष सदस्यहरु लगाएतलाई सम्मान गरेको छ । त्यसैगरी, प्रमुख अतिथिहरु दुर्गादत्त लम्साल, ऋषिकेश तिवारी , जुद्धबहादुर गुरुङ्ग,खेम शर्मा पौडेल,विनोद घिमिरे, दिवाकर घिमिरे, प्रेम शर्मा रेग्मीलाई पनि सम्मान गरेको छ ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार ०९:३५