प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौ । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबारदेखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार १२:२५