एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा असोज १३ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा असोज १३ गते, बुक क्लोज कहिले ?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी असोज १३ गते बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन्।सभाले बोनस सेयरपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६९२० संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, असोज ३ गतेसम्म कायम रहने सेयरधनीले मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार १२:४०