भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर



काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा असोज ३० गतेसम्म म्याद लम्बिनेछ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको आईपीओमा लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित : 8 September, 2022 11:33 am