राष्ट्र बैंकले रिपोमार्फत वित्तीय बजारमा २० अर्ब पठाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले रिपोमार्फत वित्तीय बजारमा २० अर्ब पठाउदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन रिपोमार्फत २० अर्ब रुपैयाँ पठाउने भएको छ ।बैकिङ प्रणालीमा तरलता अभाव भएपछि आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो मार्फत प्रणालीमा प्रवाह गर्न लागेको हो ।

यो रिपो दुई हप्ताको लागि जारी गरिएको हो। भदौ २३ गते जारी गरेको रिपो असोज ६ गते परिपक्व हुनेछ।

यसअघि पनि केन्द्रिय बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलनका लागि राष्ट्र बैंकले रिपो जारी गर्दै आएको छ। बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् बिहीबार ३ बजे भित्रमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार ११:२४