प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच आकर्षक छुट गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच आकर्षक छुट गर्ने सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र गोल्फुटार स्थित काठमाण्डौं नेत्रालय प्रा. लि. बिच भदौ १९ गते विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्री कृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा. लि.का तर्फबाट निर्देशक रोहित सैंजुद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावलाई काठमाण्डौं नेत्रालय प्रा. लि.द्धारा सञ्चालित सम्र्पूण सेवामा १० प्रतिशत छुट प्राप्त हुने जनाएको छ ।

उतm सम्झौता अन्तर्गत काठमाण्डौं नेत्रालय प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाण्डौं नेत्रालय प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार १३:१२