सानिमा माई हाइड्रोपावरले नगद लाभांश दिने घोषणा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा माई हाइड्रोपावरले नगद लाभांश दिने घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा माई हाइड्रोपावरले नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनको लागि सानिमाले असोज १२ गते बुक क्लोज गर्नेछ । यसर्थ, असोज ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १०:५३