एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो



काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

भदौको पहिलो सातादेखि वाणिज्य बैंकहरुको निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँमा स्थिर रहेकोमा तेस्रो साता (भदौ १७) गते सम्म आईपुग्दा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

यसैगरी यता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ ३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा भदौ दोस्रो साता बढेर ४१ खर्ब ८० अर्ब रुपैंया पुगेको थियो। भदौ १७ गतेसम्म आईपुग्दा कर्जा लगानी एक अर्ब रुपैंयाले बढेर ४१ खर्ब ८१ अर्ब रुपैंया पुगेको छ ।

यता बाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने भदौं तेस्रो सातासम्म ८८.२५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित : 5 September, 2022 12:46 pm