ओरियन्टल होटल्सको साधारण सभा असोज १३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ओरियन्टल होटल्सको साधारण सभा असोज १३ गते



काठमाडौं । ओरियन्टल होटल्सले असोज १३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले सभा राष्ट्रिय सभा गृह सिटी हल, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११ बजे बोलाएको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने भएको छ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । सभामा लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । त्यसैले यस वर्ष ओरियन्टलका सेयरधनीको हात खाली हुने भएको छ ।

सभा गर्न ओरियन्टलले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार ११:१२