६ वटा मर्चेन्ट बैकरले पाए कोष व्यवस्थापकको प्रमाणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

६ वटा मर्चेन्ट बैकरले पाए कोष व्यवस्थापकको प्रमाणपत्र



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैकलाई विशिष्टीकृत लगानी कोष(पीईभीसी) का लागी स्वीकृती दिएको छ। बोर्डले आइतबार एक कार्यक्रम आयोजना गरी ६ वटा मर्चेन्ट बैकरलाई कोष व्यवस्थापकको प्रमाणपत्र दिएको हो।

अनुमति पाउने मर्चेन्ट बैंकहरुमा प्रभु क्यापिटल,एनआईबिएल एस क्यापिटल, एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल रहेका छन् ।

ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्डले भने यस अघि नै स्वीकृति पाईसकेका छन्। योसँगै नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटल जस्ता नवीनतम सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ। नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन्।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १७:२६