काठमाडौं । हाल शुक्रबार पनि सेयर कारोबार हुदै आएकोमा आगामी असोज पहिलो सातादेखि नहुने भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समितिको बैठकले असोज पहिलो सातादेखि शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ १ गतेदेखि शनिबारसहित आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आइतबार हुने कारोबारलाई शुक्रबार दुई घण्टासम्म कारोबार गर्ने गरी शुरु गरिएको थियो ।
हाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता गरिसकेको छ । यद्यपि शुक्रबार भने सेयर कारोबार भइरहेको थियो । केहि समयदेखि लगानीकर्ताले समेत शुक्रबारको कारोबार बन्द गर्न आग्रह गरेपछि नेप्सेले आगामी महिना देखि शुक्रबारको कारोबार बन्द गर्ने भएको छ ।
Comment