राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध १० करोड ९३ लाख २ हजार ६७६ रुपैयाँको मागदावीसहित मुद्धा दायर गरेको हो ।

श्री जयदुर्गा ट्रेडर्सका सञ्चालकले राजस्व चुहावट गर्ने मनसायले ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ राजस्व छली गरेको विभागको आरोप छ । त्यस्तै, जयदुर्गा ट्रेडर्सले मुल्य अभिवृद्धि कर तर्फ एक करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ करछली गरेको विभागले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १२:५२