आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सभा



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सभा आज (भदौ १९ गते) बस्ने भएको छ । सभा लिसारा ब्यांकेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुने तय भएको हो ।

कम्पनीले यस अघि भदौ ३ गते डाकेको सभामा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित गर्नुपरेको थियो ।

सभामा कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ ।

त्यसैगरी, कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै,आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार ११:३२