काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्कलाई २४ घन्टाभित्र कर तिर्न अल्टिमेटम दिएको छ । व्यवसाय सञ्चालन गरेर वर्षौदेखि कर नतिरेको भन्दै महानगरले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।
महानगरले उक्त रकम र जरिवाना तोकिएको समयमा नतिरे शिलबन्दीनै गर्ने चेतावनी दिएको छ । फन पार्कले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर अहिलेसम्म नतिरेको पाइएको छ ।
Comment