मदिरा, गाडी, मोटरसाइकल र मोबाइलको आयात प्रतिबन्ध २८ असोजसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

मदिरा, गाडी, मोटरसाइकल र मोबाइलको आयात प्रतिबन्ध २८ असोजसम्म



काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै यी वस्तुको आयातमा प्रतिबन्धको समय बढाएर असोज २८ असोजसम्म पुर्याएको हो ।

विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै सरकारले गत वैशाख १३ गतेदेखि १० वस्तुहरुको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो । अहिले चार किसिमका बाहेक ६ प्रकारका विलासिताका वस्तुका रूपमा हेरिएको खाद्यपदार्थ लगायत सबै आयातको प्रतिबन्ध खुला गरिदिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेजलगायत उत्पादनजन्य वस्तु चुरोट तथा सुर्तिजन्य वस्तु, हिरा, रंगीन टेलिभिजन (३२ इन्चमाथि), सबै प्रकारका खेलौना र तास आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार ११:५३