खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं : खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेकाे छ । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो ।

सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आइपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १०:५६