प्रभु क्यापिटलको साधारणसभा भदौ ३१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटलको साधारणसभा भदौ ३१ गते



काठमाडौं । प्रभु क्यापिटलले साधारणसभा गर्ने भएको छ। कम्पनीले भदौ ३१ गते होटेल अलफ्टमा सभा गर्ने तय गरेको हो।

क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९.०० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आ.व. २०७८/७९ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची उपर छलफल गरी पारित गर्ने, संचालको नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधनरथप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगाएतका विशेष प्रस्ताव रहेकाे छ ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार १४:५२