मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ बाट सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ बाट सुरु



काठमाडौं । र्मिर्मिरे लघुवित्त वित्तिय संस्थाले आगामी भदौ १५ गते बुधबारबाट एकिकृत कारोबार संञ्चालन गर्ने भएको छ । र्मिर्मिरे लघुवित्त वित्तिय संस्थाले बुद्ध ज्योती लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गरेपश्चात मिर्मिरे लघुवित्त वित्तिय संस्थाको नामबाट एकिकृत कारोबार संञ्चालन गर्ने भएको हो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार १२:५४