एनएलजी इन्सुरेन्स कम्पनी र इ–बीमा बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

एनएलजी इन्सुरेन्स कम्पनी र इ–बीमा बीच सम्झौता



काठमाडौँ । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।

सम्झौता अनुसार इ–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

इ–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार ११:३३