नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा भदौ ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा भदौ ३० गते



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीकाे ७ औं बार्षिक साधारणसभा भदौ ३० गते बिहिबार हुने भएको छ । कम्पनीले सभा काठमाडौँको कार्की ब्याक्वेटमा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १०:५३