आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

कर्पोरेट

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू



काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन : सार्वजनिक गरेको छ । सो अफर आगामी १० गते शुक्रबार हुने कम्पनीले खुलाएको छ ।

पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

१ दिनको लागि मात्र लागु हुने यो अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।

अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स-टु-पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक नपाउने आईएमई पेले जनाएको छ ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १०:३६