कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्दै



काठमाडौं । कुमारी बैंकले ३ अर्बको डिवेन्चर (ऋणपत्र)निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ११ प्रतिशत केविएल डिवेन्चर २०८९ जारी गर्ने लागेको हो ।

भदौ १ गते बैंकलाई एक हजार रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्ने भएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ प्रतिशत कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।

यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाख आवेदन दिन सकिने छ । लगानीकर्ताहरुले यस ऋणपत्र श्री नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १८:२५