क्रिप्टोकरेन्सीलाई मान्यता दिन सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

क्रिप्टोकरेन्सीलाई मान्यता दिन सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुदै



काठमाडौं । क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज तोकिएको छ । न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशमा आज पेशी तोकिएको हो ।

उक्त रिट आज न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशको ७ औ नम्बरमा तोकिएको छ । आज न्यायधिश सुष्मालता माथेमाकाे अर्को छुट्टै संयुक्त इजलाश पनि तोकिएको छ,जसमा २६ मुद्धाको पेशी छन् । यस कारण क्रिप्टो करेन्सी सम्बन्धी रिटमा आज सुनुवाई आज हुने नहुने निश्चित भने छैन् ।

बिहीबार क्रिप्टो सहितका मुद्रालाई कानूनी मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र त्यस्ता मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग गर्दै अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , नेपाल राष्ट्र बैंक , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय , अर्थ मन्त्रालय , गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन् । गत सोमबार उनको रिटमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार ११:३१