सिद्धार्थ क्यापिटलद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ क्यापिटलद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाण्डौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटी स्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

यस अवसरमा स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवद्र्धन गर्ने उद्देश्यले रुख र फूलसहित २५० भन्दा बढी बिरुवा रोपिएको थियो ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात मा. वि का लिद्यार्थी लगायत करिब ९० जनाको उत्साहजनक सहभागिता रहेको थियो । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उदेश्यले अन्य गतिविधिहरु पनि योजना बनाएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेडको ५१ प्रतिशत सेयर रहेको सहायक कम्पनी हो । सामूहिक लगानी कोष नियमावली २०६७ अन्तर्गत म्युचुअल फण्ड सञ्चालन गर्ने पहिलो कम्पनी बनेको सिद्धार्थ क्यापिटल लिमिटेडले २८ सेप्टेम्बर २०१२ मा औपचारिक रुपमा आफ्नो व्यवसाय सुरु गरेको हो ।

देशमा उद्योग स्थापना गर्न नेतृत्वदायी भूमीका खेलेको कम्पनीले आफ्नो सञ्चालन र नविन सेवाहरु मार्फत नेपाली जनताको समृद्धिमा विगत १० वर्षदेखि विशेष यागदान पु¥याउँदै आएको छ ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार ११:०२