शिवम् सिमेन्टकाे विशेष साधारण सभा भदौ १० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिवम् सिमेन्टकाे विशेष साधारण सभा भदौ १० गते



काठमाडौं । शिवम् सिमेन्टले भदौ १० गते शुक्रबार विशेष साधारण सभा गर्ने भएकाे छ । सभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११ बजे बस्ने तय भएको हो।

कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७ प्रतिशत रहेकोे गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१ प्रतिशत बनाउने प्रस्ताव सभामा पेश गरिने भएको छ ।


यस्तै, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने प्रस्ताव पनि रहेको छ । हाल स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चलक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज गरिएको छ । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार १४:०८