नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा ९ वर्षे अवधिको ‘कृषि ऋणपत्र’ सूचीकृत भएको हो।

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँनेछन्।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार १५:४५