आइएमई पे र दराजको “दराज वालेट डे” अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

आइएमई पे र दराजको “दराज वालेट डे” अफर



काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने जनाएको छ । यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार १५:०५