धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी भदौ ७ गते मंगलबार बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड कार्यक्रम मंगलबारका लागि तय गरिएको हो।

धौलागिरी लघुवित्तले साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ जनाइएकाृ छ । जसमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ ।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार १४:४८