आइसिएफसि फाइनान्सको सिईओमा सुनिल पन्त नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

आइसिएफसि फाइनान्सको सिईओमा सुनिल पन्त नियुक्त



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः सुनिल पन्तलाई नियुक्त गरेको छ । पन्त दोस्रो कार्यकालका लागि सो पदमा नियुक्त भएका हुन्।

उनको कार्यकाल आगामी असोज २४ गतेबाट सकिने हुँदा, दास्रो कार्यकालका लागि सञ्चालक समितिको निर्णय बमोजिम मिति आगामी असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि उनलाई सो पदमा पुनः नियुक्ती गरिएको हो।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार १३:१०