नेपाल इन्सुरेन्सको खुद नाफा ७.३४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बीमा

नेपाल इन्सुरेन्सको खुद नाफा ७.३४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । नेपाल इन्सुरेन्सको गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ७.३४ प्रतिशतले बढेर ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस इन्सुरेन्सले ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक बर्षमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन पनि ६९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १.४२ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष ६८ करोड ८३ लाख रुपैंया थियो ।

त्यसैगरी, बिमा कोषको आकार २७.८६ प्रतिशतले बढेर ७३ करोड ३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षमा इन्स्योरेन्सको चुक्ता पुँजी ११ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८९ लाख रुपैंया पुगेको छ भने यस अबधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ४८ लाख रुपैंया रहेको छ । जगेडा कोषको रकम अघिल्लो बर्षको तुलनामा सामान्य बृद्धि भएको हो ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ६० पैसा छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १४:११