सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ५७.८२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ५७.८२ प्रतिशतले बढ्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासकोसम्ममा १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्सका खुदे नाफा ५७.८२ प्रतिशतले बढी हो । अघिल्लो बर्ष यसले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक बर्षमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १९.७० प्रतिशतले बढी हो । असार मसान्तसम्म यसले जगेडा कोषमा ३९ करोड १८ लाख रुपैयाँ जम्मा पारेको छ । जुन अघिल्लो बर्षको तुलनामा ५८.१७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यसको जगेडामा २४ करोड ७७ लाख रुपैयाँ रहेको थियो।


गत आर्थिक बर्षमा इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो बर्षको तुलनामा ४२.८६ प्रतिशतले बढी रहेको छ । त्यस्तै जीवन बिमा कोषको आकार पनि ५९.३१ प्रतिशतले बढेर ३३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १३:४१