शिखर इन्स्युरेन्सको नाफा २८.९३ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शिखर इन्स्युरेन्सको नाफा २८.९३ प्रतिशतले बढ्याे



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिखर इन्स्याेरेन्सको खुद नाफा ४० करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको तुलनामा २८.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक बर्षमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन १८.५० प्रतिशतले बढेर १ अर्ब ३९ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब १७ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

गत बर्षको असार मसान्तसम्म इन्स्याेरेन्सको जगेडा कोषमा ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा ३९.४३ प्रतिशतले सुधार भएको हो । त्यस्तै गत बर्ष बिमा कोषको आकार पनि १६.५८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ पुगेको छ ।


गत बर्षसम्म इन्स्याेरेन्सको चुक्ता पुँजी ३० प्रतिशतले बढेर २ अर्ब २८ करोड ६० लाख रुपैंया पुगेको छ भने प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ ८० पैसा रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार ११:४०