बीमा बिधेयक करिब ४ वर्षपछि संसदबाट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा बिधेयक करिब ४ वर्षपछि संसदबाट पारित



काठमाडौं । बीमा बिधेयक २०७५ करिब ४ वर्षपछि पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको यो बिधेयक आइतबार पारित भएको हो।

अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विद्येयक २०७९ पारित भएको छ। छलफलमा उठेका जिज्ञासहहरुको जवाफ दिदै अर्थमन्त्री शर्माले बीमा प्राधिकरण स्वायत्तता हुने बताएका छन् ।

बीमा विद्येयक पारित भएपछि बन्ने बीमा प्राधिकरण स्वायत्त हुनेछ । बीमा क्षेत्रको नियमन निकाय बीमा प्राधिकरण स्वायत्त हुने र कुनै हस्तक्षेप नहुने बताएका हुन् । गत असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेको थियो।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १४:०७