राधी विद्युत कम्पनीको साधारण सभा साउन ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राधी विद्युत कम्पनीको साधारण सभा साउन ३० गते



काठमाडौं । राधी विद्युत कम्पनीले साउन ३० गते सोमबार साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल (जुम) माध्यमबाट हुने तय भएको हो ।

कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन २० गते बुक क्लोज गरेको छ । यसअनुसार साउन १९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार ११:२०