नेप्सेसंगै कारोबार रकम पनि खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकम पनि खुम्चियो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज पनि बजार ओरालो लागेको छ । नेप्से ५.११ अंकले घटेर दुई हजार ५७ दशमलब ७० विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरुमध्ये ५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १० करोड ६८ लाख ७९ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार १५:३२