बरुण हाइड्रोपावरले भदौ ६ गतेदेखि हकप्रद सेयर जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

बरुण हाइड्रोपावरले भदौ ६ गतेदेखि हकप्रद सेयर जारी गर्दै



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यसको सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार १०:५५