सयपत्री हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सयपत्री हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले साउन २४ गते बिहान ९ स्३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो ।

जस मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार १३:४५