नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारी पदबाट बर्खास्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारी पदबाट बर्खास्त



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले छानबिन समितिको प्रतिवेदनका आधारमा अधिकारीलाई बर्खास्त गरेको हो । अधिकारीलाई वर्तमान सरकारले नै अध्यक्षमा नियुक्ति गरेको थियो । उनलाई तत्कालीन मन्त्री प्रेम आलेले कार्यकक्षमा नै बोलाएर दुर्व्यवहार समेत गरेका थिए ।

अधिकारीमाथि एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो ।

अधिकारीलाई यसअघि पनि नागरिक उड्डयन मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरी अध्यक्ष पदबाट निलम्बन गरिएको थियो । तर, सर्वोच्चले छानबिनपछि निर्णय गर्ने अधिकार सरकारको क्षेत्रभित्र पर्ने भए पनि छानबिनकै क्रममा निलम्बन गर्नु नपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १८:२९