जीवन विकास लघुवित्तकाे खुद नाफा १३.४० प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

जीवन विकास लघुवित्तकाे खुद नाफा १३.४० प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको भन्दा १३.४० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२.९६ प्रतिशत बढेकाे छ । अघिल्लो वर्ष ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ८१ करोड ७२ लाखभन्दा बढीले नाफा गरेको हो ।

अघिल्लाे बर्षकाे तुलनामा कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्याएको छ । जगेडा कोष रकम १५.३३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड कायम भएको छ । गत बर्ष कर्जा प्रवाह १६ .२३ प्रतिशतले बढाए २३ अर्ब ७७ कराेड ९३ लाख पुगेकाे छ भने खराब कर्जा ०.३० प्रतिशतले बढेर ०.९१ प्रतिशत पुगेकाे छ । कम्पनीले गत वर्ष १८ प्रतिशत निक्षेप संकलन गरेको छ ।

प्रतिशेयर आम्दानी ७५ रुपै‌या ६० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ८१ पैसा  रहेको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १२:२६