मुक्तिनाथ विकास बैंकको खुद नाफामा १८.४७ प्रतिशतले सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको खुद नाफामा १८.४७ प्रतिशतले सुधार



काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सोही अवधिमा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा ५‍.१८ प्रतिशतले घटेर ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ६५ लाख रुपैंया पुगेको छ भने सञ्चालन नाफा अघिल्लो आवको तुलनामा १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख रुपैंया पुगेको छ । जसका कारण खुद नाफामा सुधार आएको हो । त्यस्तै अघिल्लो आवको तुलनामा निक्षेप संकलन २०.४३ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब ६५ करोड ५३ लाख रुपैंया पुगेको छ ।

बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख रुपैंया पुगेको छ भने बैंकको जगेडा कोषमा पनि ४४.३६ सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यसैगरी,गत आवमा कर्जा १९.१८ प्रतिशत बढेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार ११:३२