नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको कुल ३३ लाख ८३ हजार २९५.३७३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसमा सगरमाथा इन्स्योरेन्सको २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि माइक्रोफाइनान्सको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता छन्।

सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यी दुवै क्रमशः २० प्रतिशत र २१.५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १६:३३