प्राइम बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

प्राइम बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमासम्ममा १२.६३ प्रतिशतले खुद नाफा बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ९४ लाख रुपैंया पुगेको छ भने सञ्चालन नाफा ११.७७ प्रतिशतले वृद्धि भई ५ अर्ब २३ करोड ६९ लाख पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा निक्षेप संकलन ३.९३ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ९.४४ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख रुपैंया विस्तार भएको छ ।

बैंकको जगेडा कोषमा ६ अर्ब ५० करोड ६९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २६.६१ प्रतिशतले बढेको हो । बैंकको प्रतिसेयर आम्दानी ५९ पैसाले घटेर १९ रुपैयाँ ७३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १२:०८