हिमालयन बैंकको खुद नाफा १७.२२ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको खुद नाफा १७.२२ प्रतिशतले बृद्धि



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोडमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३५.२५ प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यसको खुद ब्याज आम्दानी ३ अर्ब ७८ करोड ८७ लाख रुपैंया रहेको थियो ।

अघिल्लो वर्ष ४ अर्ब ३० करोड रुपैयाँ रहेको अन्य स्रोतबाट हुने सञ्चालन आम्दानी असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ ।

यता, अघिल्लो वर्ष १४ करोड ५३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो असार मसान्तसम्म आइपुग्दा बढेर ४१ करोड रुपैयाँमा आएको छ । यसले पनि नाफा घट्न पुगेको हो । यता बैंकका वितरणयोग्य नाफा भने २२.६६ प्रतिशतले बढेर २ अर्ब ६६ करोड १५ लाख पुर्याउन सफल भएको छ भने खराब कर्जा ०.२९ प्रतिशतले बढेर ०.७७ पुगेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसाले घटेर १९ रुपैयाँ १४ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५ पैसा छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार ११:४४