गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा



काठमाडौं । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्बजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिने गरेको छ ।

यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिने जनाईएको छ । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो ।

त्यस्तै, गरिमा डिजी बटुवा डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित रहेर ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ्ग सेवाहरुको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिने छ । साथै, अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, टाफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्ने जनाएको छ ।

डिजि बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ’ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार २२:४६