आरएमडीसी लघुवित्तको खुद नाफा ९९.४८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएमडीसी लघुवित्तको खुद नाफा ९९.४८ प्रतिशतले बढ्यो



काठमाडौं । आरएमडीसी लघुवित्तको चौथो त्रैमाससम्ममा खुद नाफा ९९.४८ प्रतिशतले बढेर ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले अघिल्लो आवमा १७ करोड ७९ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

कम्पनीको गत आवमा खुद ब्याज आम्दानी ४९.५९ प्रतिशतले बढेर ६० करोड ५३ लाख ४२ हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीले ४० करोड ४६ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा ८६.०१ प्रतिशतले सुधार भएर ५१ करोड ४१ लाख ४१ हजार रुपैंया पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा २७ करोड ६४ लाख ८ हजार मात्र थियो ।

गत आवमा लघुवित्तको जगेडा कोषको रकम ८.०५ प्रतिशतले घटेर १ अर्ब ३ करोड ५० लाखमा झरेको छ भने चुक्ता पुँजी २० प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ नाघेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसाले बढेर २८ रुपैयाँ ६० पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १३:४३