समता घरेलु लघुवित्तको खुद नाफा २६.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समता घरेलु लघुवित्तको खुद नाफा २६.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले खुद नाफा ७ करोड ९७ लाख २६ हजार कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २६.४३ प्रतिशतले घटेको हो ।

अघिल्लो आवमा लघुवित्तले १० करोड ८३ लाख ६१ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी ९.६८ प्रतिशत बढेर २२ करोड ४७ लाख ३३ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीकाे २० करोड ४९ लाख ३ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।

कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो आवको तुलनामा ९३.१२ प्रतिशतले बढेर ४ करोड १६ लाख ३२ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा २ करोड १५ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा ११.३० प्रतिशतले बढेर २९ करोड ४५ लाख ८७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको कुल सञ्चालन आम्दानी २६ करोड ४६ लाख ८७ हजार रूपैयाँ मात्रै थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ३४ करोड २७ लाख ४४ हजार रूपैयाँ पुगेको छ भने जगेडा कोषकाे रकम ६.४६ प्रतिशत बढेर १८ करोड ६७ लाख ७२ हजार रूपैयाँ पुगेको छ ।

त्यसैगरी, लघुवित्तको सापटी २४.२८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ६६ लाख २० हजार रूपैयाँ पुगेको छ भने निक्षेप २८.३५ प्रतिशतले बढेको छ।


साथै, लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६८ पैसाले घटेर २३ रुपैयाँ २६ पैसा कायम भएको छ भने यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १३:०४