हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले फेरी शेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिदै ‌मंगलबार कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले कारोबार समय बैठक बस्नु कमजोरी भएको भन्दै अब आईन्दा त्यस्ता कमजोरी नगर्ने गरी क्षमा याचनासहितको पत्र नेप्सेमा पेश गरेको छ ।

कम्पनीले साउन १३ गते बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि नेप्सेले कारोबार बन्द गरेको थियो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार ११:२७