एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव



काठमाडाै‌। एनआईसी एशिया क्यापिटलले छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ। क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले भाद्र ८ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १०:३५