दिव्यश्वरी हाइड्रोपावर घाटामा, यस्तो छ वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दिव्यश्वरी हाइड्रोपावर घाटामा, यस्तो छ वित्तीय अवस्था



काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन २८.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड १ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी १ करोड ४ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा घटेर ७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ।

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ६.५८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १५.६१ रुपैयाँ रहेको थियो।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १३:१६