सूर्योदय वोमी लघुवित्तको खुद नाफा १३ करोड ९६ लाख, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १३ करोड ९६ लाख, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अबधिमा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १३.०२ प्रतिशतले कम हो।

अघिल्लो वर्ष कम्पनीले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १६.०६ प्रतिशतले घटेर १८ करोड ७९ लाख रुपैयाँमा सीमित रहेको छ। अघिल्लो वर्ष यसको मुनाफा २२ करोड ३९ लाख रुपैयाँ थियो।

गत वर्ष कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ४५.६७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३२ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अबधिमा कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँको कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यसले ४ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ७९ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १७० रूपैयाँ ५५ पैसा छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १३:००